| ७ कार्तिक २०७८, आईतवार ०८:२७
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ।
प्रधानमन्त्री देउवाले गत बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गर्नुभएको थियो । गत असोज ३१ गतेदेखि परेको अविरल बर्षाले देशका विभिन्न स्थानमा ब्यापक धनजनको क्षति गरेको छ ।सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ ।