☰ open Loading... 26 March 2023|   सोमवार, चैत्र १३, २०७९

भगवतीमाईमा खेलकुद महोत्सव हुने
  |

दैलेखको पुर्वी क्षेत्रमा पर्ने भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा कर्णाली प्रदेश अन्र्तरपालीका स्तरीय खेलकुद महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा गाउँपालिकामा खेलकुद महोत्सव हुन लागेको हो । भगवतीमाई खेलकूद विकास समितिको आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नारालाई आत्म साथ गर्दै भगवतीमाई खेलकुद महोत्सव २०७८को आयोजना गर्न लागीएको भगवतीमाई गाउँपालिका खेलकूद विकास समितिका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो । खेलमा कर्णाली प्रदेशभरीका १० जिल्लाका सबै पालिका सहित छिमेकी जिल्ला अछामका खेलाडीहरूलाई सम्मत निमन्त्रणा गरिएको भगवतीमाई खेलकूद विकास समितिले जनाएको छ । खेलकुदमा सहभागी हुने खेलाडीहरूले यही कात्र्तीक १३ गते सम्म टिम दर्ता गर्न पाउने छन् ।

टिम दर्ताको काम सकिएपछि कार्तिक १४ गते देखि १७ गते सम्म खेल सञ्चालन हुने बताइएको छ । करिब ४ दिन चल्ने खेलकुद महोत्सवमा भलिबल तर्फ प्रथम हुने समुहले एक लाख ११ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ । यस्तै द्धिृतिय पुरस्कार ६१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ सहित ट्रफी, पाउने गरी व्यवस्था गरिएको आयोजकले बताएको छ ।

!-- .entry-content --> प्रकाशित मितिः सोमवार, कार्तिक ८, २०७८     5:13:52 PM