☰ open Loading... 24 November 2024|  

बेमौसमी वर्षाले २० प्रतिशत धान बालीमा क्षति
  | १० कार्तिक २०७८, बुधबार ०५:१०

जुम्ला । बेमौसमी वर्षाले जुम्लामा कुल उत्पादन भएको मार्सीधानको २० प्रतिशत धान बालीमा क्षति भएको छ । जुम्लामा धान खेती भएको २९ सय हेक्टर क्षेत्रफल मध्य १८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको थियो । अनुमानित उत्पादन हुने ६ हजार बढी मेट्रिक टनको २० प्रतिशत धान वर्षाले क्षति भएको हो ।

१४ सय ५० हेक्टर काटेको धान भिजेको छ । साथै, १८ हेक्टर धान खेतीमा क्षति भएको प्रशासनले जनाएको छ । जसमा तिला गाउँपालिकाको १३ हेक्टर फाँर्सीफाँट बगरमा परिणत हुँदा १ सय ४१ मेट्रिक टन मार्सीधान क्षति भएको छ ।
यता तातोपानीको लाछु ज्युलो, राँका, बाइराँका, गिडिखोला, नगरलगायतका ज्युलामा ५ हेक्टर मार्सीफाँट डुबानमा पर्दा २ सय २९ मेट्रिक टन मार्सीधान क्षति भएको तथ्याङ्क प्रशासनले सार्वजनिक गरेको छ । करिब दर्जन बढी विद्युत् गृह, विद्यालय, सिचाइ आयोजना, पुल र सडक आयोजनामा वर्षाले क्षति पुर्‍याएको छ ।