☰ open Loading... 25 November 2024|  

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा
  | ११ कार्तिक २०७८, बिहीबार ०५:१५

सुर्खेत – कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । खनालको राजीनामा बुधवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका हुन् ।

उनी गत चैत ६ गते कर्णाली प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारकाे रुपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । तर उनले सात महिना पूरा नहुँदै पदबाट राजीनामा दिएका हुन् ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै राजीनामा दिएका थिए ।