☰ open Loading... 25 November 2024|  

कर्णाली प्रदेश सरकारको बजेट खर्च न्यून
  | १५ कार्तिक २०७८, सोमबार ०५:१२

Ncp karnali province parliamentary board meeting call against chief minister

 कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा ३ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फको २ दशमलव २३ प्रतिशत र चालु तर्फ ५ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेको हो ।

अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बजेट मध्ये १ अर्ब ३७ करोड १८ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक बर्षको तीन महिना सम्म प्रदेश व्यवस्थापिकाले विनियोजित रकमको १३.४९ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ६.९९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.४४ प्रतिशत खर्च गरेकाे छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ०.६६ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १६.०६ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जम्मा ०.५ प्रतिशत बजेट खर्च गरेको छ । विगतका बर्षहरुमा समेत निराशाजनक बजेट कार्यान्वय रहेकोमा चालु आर्थिक बर्षको सुरुवातमा समेत सोही अवस्था दोहोरिन सक्ने संकेत देखिएको छ ।