☰ open Loading... 25 November 2024|  

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजिनामा घोषणा
  | १५ कार्तिक २०७८, सोमबार १९:३४

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले  कर्णालीबासीको नाममा सम्बोधन गर्दै गर्दै उनले राजीनामा दिने घोषणा गरेकी हुन् ।नेपाली काँग्रेससँगको सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार राजिनामा दिएको मुख्यमन्त्री शाहीले बताए ।

गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।