| १६ कार्तिक २०७८, मंगलवार ०५:२२
कैलाली । चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।टीकापुर नगरपालिका–८ का १८ वर्षीय अनुप साउदको हत्या आरोपमा भजनी नगरपालिका–३ का १९ वर्षीय किरन साउदलाई पक्राउ गरिएको इलाका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।अनुपमाथि चक्कु प्रहार गरेपछि किरण टीकापुरस्थित आफन्तको घरमा गएको प्रहरीको भनाइ छ ।