☰ open Loading... 27 December 2024|  

नेकपा एमाले दैलेखको पालिका स्तरीय अधिवेशन करिव ६० प्रतिशत सम्पन्न
  | १६ कार्तिक २०७८, मंगलवार १८:१९

दैलेख-  नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखको पालिका स्तरीय अधिवेशन धमाधम सुरु भएको छ। एमाले दैलेखको अहिले सम्म पालिका स्तरीय अधिवेशनले सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गरेको नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए।अहिलेसम्म नेकपा एमाले दैलेखको पालिका स्तरीय अधिवेशन करिव ६० प्रतिशत सर्वसम्मत सम्पन्न भईसकेको अध्यक्ष शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार हालसम्म दैेलेखका ११ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भइसकेको छ भने केही पालिकामा अधिवेशन भईरहेको छ।

नेकपा एमाले दैलेखका अनुसार नारायण नगरपालिकाका अध्यक्षमा चन्द्रप्रसाद उपाधाध्य, महाबु गाउँपालिकाको अध्यक्षमा मिन बहादुर बुढा ,नौमुले गाँउपालिकामाअध्यक्षमा शसिराम विक,भगवतीमाई गाँउपालिकामा अध्यक्षमा नरेन्द्र बहादुर शाही, डुवेश्वर गाँउपालिकाअध्यक्षमा मान बहादुर बिण्ट ,गुराँस गाँउपालिका  अध्यक्षमा हिम वली सर्वसम्मत चयन भएका छन्।

नेकपा एमाले दैलेखको पालिका अधिवेशनका क्रममा बिभिन्न पार्टीबाट पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लहर बढेको पार्टी अध्यक्ष रविन्द्र शमालेले जानकारी दिए। विभिन्न पार्टीबाट १ हजार भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले उल्लेख गरे।