| १७ कार्तिक २०७८, बुधबार १९:१३
दैलेख-दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एक घर एक धाराको अवधारणलाई अगाडि बढाएको छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नागकिरलाई खानेपानिको समस्या हल गर्नका लागि यो अवधारण अपनाएको हो ।
पालिकाले एक घर एक धारको अवधारण अन्र्तगत यो वर्ष १४ सय घरघुरीमा खानेपानिका धारा जडान गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्लले जानकारी दिए । उनका अनूसार अहिले डुंगेश्वर गाउँपालिका र हेल्पटान्स नेपालको लगानिमा घर–घरमा खानेपानीका धारा निमार्ण भइरहेका छन् ।
यस्तै उहाँले अहिले सम्म पालिकाभर ६५ प्रतिश जनताको पहुँचमा विद्युत सेवा पुगिसकेको बताउनुभयो । गाउँपालिकाले विभिन्न सिप र उद्यमी कार्यक्रम मार्फ प्रत्यक वडाका दुई जना युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउसने योजना लिइएको अध्यक्ष मल्लले बताए।