| १८ कार्तिक २०७८, बिहीबार ०५:१३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले हिजोका सरकारले गरेका कामलाई निरन्तरता दिने र नागरिक लक्षित योजना कार्यान्वयनमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।
संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा गर्ने बताउनुभयो ।
उहाँले विगतमा गरिएको कर्मचारी तथा दरवन्दी संरचनामा कठिनाइ उत्पन्न भएकाले त्यसमाथि अध्ययन, विश्लेशण गर्न गठन गरिएको समितिको निर्णयमा हस्तारक्षर समेत गर्नु भएको छ ।