☰ open Loading... 5 February 2025|  

रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
  | २४ कार्तिक २०७८, बुधबार २०:४९

दैलेख- दैलेखमा आज एक महिलाको  नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।आठबिश नगरपालिका–७ की ३४ वर्षीया मनकला बडुवाललाई २दिन देखि अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि’ अनुसार हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले पश्चिम नेपाललाई बताए ।

अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेपछि बडुवालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको हो ।