सरकारले तीनवटा प्रदेशको प्रमुखहरु फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु फेरेको हो ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका प्रदेश प्रमुखहरु फेरिएका हुन् । जस अनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त भई राष्ट्रपति समक्ष नाम पठाइएका छन् ।
खापुङ जनता समाजवादी पार्टीका हुन् । उनी विगतमा राप्रपामा थिए । पछि अशोक राईको पार्टी हुँदै जसपामा पुगेका हुन् ।
परियार माओवादीका पूर्व सांसद हुन् । उनी प्रचण्डनिकट हुन् । यसअघि ओली सरकारले उनलाई प्रदेश २ को प्रदेश प्रमुखबाट हटाएको थियो ।
जोशी नेपाली काँग्रेसनिकट हुन् । प्रधानमन्त्री शेरबहादुुर देउवाले आफ्नो गृहक्षेत्रमा निकटस्थलाई प्रदेश प्रमुख बनाएका छन् ।
यसैगरी ओली सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, गोविन्दप्रसाद कलौनीलाई कर्णाली प्रदेश र गंगाप्रसाद यादवलाई सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो । यी नियुक्तिहरु गर्दा देउवाले माओवादीनिकटस्थहरुलाई हटाएका थिए ।