☰ open Loading... 16 April 2024|  

कमिशनको खेलमा लागेका राष्ट्रहरु विकशित हुदैनन
  | २५ कार्तिक २०७८, बिहीबार १४:५०

 


लोभी पापी दुराचारी राज गर्छन यहाँ ।
हो हजुर पाखण्ड त यिनले गरे जनता भोग्छन यहाँ ।।

जनताको न्यायमा सनिदेव दृष्ट्री राखीदेउ ।
अपराधी छुट कित्तामा गरीबमा न्याय देउ ।।
श्रीस्ट्रीमा सुर्यदेव एउटै काँख सलामी लेउ ।।

हजुर, हेनरी डेउटी थोरो गरिब भएर, अमेरीका धनी बनाए, ननसेल मण्डेला प्रजातन्त्रका सेनानी भएर देश उभो लगाए महात्मा गान्धी साधु भएर इण्डीया उभो लगाए , माउतसेतुङ क्रान्तीकारी भएर चाइना विश्वको एक नम्वर बनाए तर उहाँहरुको फोटो सजाएर भाषणको विणा बजाएर कमिशनको खेलमा लागेकाहरुले जनता कंगाल र देश कंगाल आफु मात्र धनिको अवधारणा भित्र्याउदा देश टाँट पल्टाएर व्यक्ति कार, पजेरो, हेलीकप्टर, जहाजमा सजाए फरक यत्तीहो जहाँ नेता गरिब थिए त्यहाँ देश धनि भयो, जहाँ नेता धनी छन त्यहाँ देश कंगाल भयो ।

एउटा गरिब किसानको छोरा राज नेता हुँदा अमेरीका मनिला, भारत, जापान, अष्ट्रेलीया विश्वको राजनिति हाँकी रहेका छन । तर मेरो नेपालमा तपाइहरु कापीका पन्ना जति भर्नुहोस कलमको मशि जती सुकाउनुहोस जति नारा बाजी गर्नुहोस, यहाँत न्यायालय सेटीङमा कुटनिति नियोगका पदाधिकारी सेटिङमा उच्च पदस्थ कर्मचारी सेटिङ पावर र पहुँचको आधारमा गासे आशेपासे बनाईन्छन । भने त्यो देशका दुराचारी पाखण्डीहरु क्षेत्रमा पावर र पहुच मात्र चलाउन खोज्दछन भन्ने प्रमाणित हुन्छ किनत भन्दा यहाँ अधिकृत बनउन पन्ध्र लाख चाहिने, नास बनाउन दशलाख लाग्ने, खरिदार बनाउन आठ लाख लाग्ने त्यो पनि आफ्नो र पहुचको भरमा भन्ने समाचारमा समेत सुन्नमा हामी पाइराख्दछौ निर्माण कर्ता पार्टीको झोले हुनुपर्ने राजनितिको र पार्टीको भरमा नियुक्ती हुनुपर्ने निति लागु भएका देशमा निर्माण, कमिशन, भित्रि नियुक्तिमा कमिशन न्यायधिस नियुक्तीमा कमिशन, मन्त्री नियुक्तीमा कमिसन कर्मचारी पदस्थापनामा कमिशन, सरुवा, वढुवामा कमिशन, वैदेशिक रोजगारमा कमिशन, कलकारखानामा कमिशन, वाणिज्य व्यापारमा कमिशन लागु गरी पुल कल करकारखानाहरु दुई वर्षमै भतकिई पुनः निर्माण हुने देशको संकेष्ट राजनितिले कतिको विकाश उन्नती र सम्वृद्धी भित्र्याउला यो लाटो देशको गाणो तन्त्रलाई नै थाहा होला जनताले महशुष गर्ने गरी जनता शिक्षित र देशविकशित हुन पाएको छैन तर गाणोतन्त्रमा युवा, युवति विदेशिन पाएको र देशको सम्पुर्ण पुजी तिन हका सरकार पालन ठिक्क भएको भने घाम जुन जस्तै छर्लङ्ग देख्न पाइयो गाणो तन्त्रमा काटीदे गाण भन्दा थपीदे गाण भने जस्तै गाणो तन्त्रमा झन जनतामा नैराश्यता छाएको छ यसै आंकलनमा समानुपातिक सिटहरु पनि कायम गरिए ।

सोझा साझा राजनितिक कार्यकर्ताहरु झोला बोक्न बाहेक कामै भएन युज एण्ड थ्रो भए र जनता गरिबीको रेखा मुनी चुरुलम्म डुवे झोलेहरुको हाली मुहाली चलिरह्यो । वि.पि. को नाम बेचेर कांग्रेसले राजनिति ग¥यो, पुस्पलालको नाम बेचेर ए.मा.ले.चल्यो माउत्सेतुङ चाइनाको सिद्धान्त लादेर माओवादी अगाडी बढ्यो,यो स्थितिबाट झोले झाम्टे पाल्ने र कमिसन खोरहरुको संजाल खडा भइरहदा देशका युवा युवती जनशक्तिहरु विदेशिनु प¥यो र अराजकताले प्रशर्य पायो ।

यसैले गर्दा देशमा भएका कल कारखानाहरु नष्ट भए देशको गाणोतन्त्र झोले र आफ्नो तलव भत्ता तोक्न मै व्यस्त भयो । विकृति र विसंगतीले बजार भाउ पायो । ट्यापे र ¥यापेको समुदाय खडा भयो र बनाउन चाहेको नेपालको खाका तयार भयो । भाषणले नेपाल बनाउछौ भनेता पनि बनाउन चाहेको निति र निर्माता अनुसारको गुण्डा र अराजकहरुको बजार भाउ चुलियो र शिपाही हुन तिनलाख अधिकृत हुन पन्ध्रलाख, सुव्वा हुन दशलाख, खरिदार हुन आठलाख मुखिया हुन पाँचलाख र अशल अङ्गमा सरुवा हुन मोल मोलाई हुने र भ्रष्टाचारमा चुरुलुम्म हुने राष्ट्रहरु थला परी कोरोना कहरको अवस्था भोग गरी राखेका छन, जस्तै एक नम्वरमा नेपाल, पेरु, सोमालिया, रुवाण्डा, हैटी यस्ता कति होलान कति यि प्रसिद्ध राष्ट्र भ्रष्टाचारका नमुना हुन यहाँ अख्तियार दुरुपयोग निवारण आयोग, लोकसेवा आयोग, सम्पूर्ण पदाधिकारीहरु आफ्नो पार्टीगत निकटका नै हुने गर्दछन र भ्रष्टाचार निवारण हुनै सक्दैन जब सम्म संकृण विचार धारा बोकेका जनताका विकाशका बाधक खुमल्टे किराहरु समुल नष्ट हुदैनन र राष्ट्र भक्ति देश भक्ति र जनप्रेमी जन्मीई दैनन तब सम्म यि खुमल्टे किराहरुले देश डुवाउन छोडदैनन । अराजकहरुबाट जनता देश र समाजको विकाश असम्भव भावि नै रहि नै रहन्छ देश उभो लागन सक्दैन यि अपारदर्शी विचार सिद्धान्त र कुरीती बोकेका राजनितिज्ञहरुले देश धरासायि नै बनाएर छोडछन प्रजातन्त्रको जननी भनिने कांग्रेस होस सर्वहारा भनिने कम्युनिष्टहरु हुन वा राष्ट्रबाद भन्ने रा.प्र.पा. होस यिनलाई कमिशन र घुस यिनको आत्मीय मुल निति र सिद्धानत कार्यान्वयन पक्षमा प्रष्ट्र देखिई सकेका छन । अबको चुनावमा यि खुमल्टे किराले टिकट ल्याएर चुनाव लडन चाहन्छन भने जनताले भोट हाल्नु हुदैन ।

अब भाषण र घोषणा पत्र ल्याएर आउदछन यिनका झुट्टा घोषणा पत्रमा मलमुत्रमा डुवाएर नयाँ विचार र नयाँ विकाशको मिसन भिजन उर्जावान युवा जनशक्ति र यिनले पेलेर राखेका सच्चा इमान्दार बफादार विवेकशिल नेताहरुले टिकट नपाउदा सम्म चुनाब वहिस्कार गरेको गरे गर्नुपर्दछ जनसमुदाय यस्का लागी देश विदेशमा रहेका वैज्ञानिक जनशक्ति विद्युतजनशक्ति जो नेपालको सुःख दुःखमा विदेशबाट सहयोग गरि योगदान गर्ने तह तप्काबाट राजनेता चुन्न नविर्शे नविर्षाउ अनि नेपाल साँच्चीकै नयाँ दिशातिर मोड लिनेछ र देश विकाशको खाका कोरिनेछ ।

कमिसनको खेलको अन्त हुनेछ । कमिशन खोरहरु देश खोक्रो बनाउन असफल हुनेछन हाँसेका हिमाल, नाँचेका डाँफेमुनाm, हिमाल, पहाड तराई हामी कोही छैनौ पराइको नाता कायम हुनेछ र देशले भ्रष्टाचार मुक्त राष्ट्र प्राप्त गरी संगलो नदि बगेको निस्कलंकित विचार र मिसन भिजन भएका निस्पक्ष योजनाहरु तर्जुमामा गरी नेपाल राष्ट्रको विकासले दशवर्षमा नेपाल चिनाउन सकोष यो हो समाजवाद लोकतन्त्र र गणतन्त्र तब गाणो तन्त्रलाई लोकतन्त्र र गणतन्त्रमा परिणत गरी देशको समुल विकासमा जुटन म लेखक समेतका जनता जुनसुकै तह तप्काका असल जनशक्तिबाट आशन्न चुनावमा राजनेता माग गर्न चाहान्छौ देश विदेशमा रहेका वुद्धिजिवीहरुबाट गिट्टी वालुवा विदेशमा वेची देश सिध्याउने जंगल कटान गरी अक्सीजन सिध्याउने रसायनिक मल कमिसनको खेलमा भित्र्याई जमिन नस्ट गर्ने र कमिसनको खेलमा देश भ्रष्ट्र गराउने जनताका खुमल्टे किरा हामी वाइपास गराउछौ ।

 

                                                                                                        लेखक – रण बहादुर ऐरी,

                                                                                                         निवर्तमान कार्यालय  प्रमुख,

                                                                                                     खा.व्य.तथा व्या.क.ली.शाखा दैलेख

                                                                                      हाल कृष्णपुर न.पा.भिमदत्त न.पा.महेन्द्रनगर कञ्चनपुर