☰ open Loading... 23 June 2025|  

कर्णालीका नवनियुक्त प्रदेश प्रमुखको स्वागत
  | २६ कार्तिक २०७८, शुक्रबार १७:३९

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई कर्णालीमा स्वागत गरिएको छ। प्रमुख परियारलाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सभामुख राजबहादुर शाहीले स्वागत गरेका हुन्।

 

 

परियारले बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। उनी नेकपा (माओवादी केन्द्र)का कोटाबाट प्रदेश प्रमुख भएका हुन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो।