☰ open Loading... 26 November 2024|  

सामाजिक सञ्जालमा गाली गरेपछि वडाबाट प्राप्त हुने सेवा सुविधामा रोक
  | २७ कार्तिक २०७८, शनिबार ०५:१०

सल्यान । सामाजिक सञ्जालमा गाली गरेको बन्दै सल्यानका एक वडावासीलाई वडाबाट हुने सेवा सुविधाबाट वञ्चित गरिएको छ ।

जिल्लाको बागचौर नगरपालिका–४ ले स्थानीय दिल बहादुर केसीले वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिलाई गाली गलौचका साथै चरित्र हत्या गरेको भन्दै वडा कार्यालयले विज्ञप्ति नै जारी गरी केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट बञ्चित गर्ने जानकारी गराएको हो ।

वडा अध्यक्ष प्रेम बहादुर पुनद्धारा जारी विज्ञप्तिमा स्थानीय केसीले आफ्नो कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने उल्लेख गरिएको छ ।

वडाध्यक्ष लगायत सदस्यहरुलाई छोटे राजाको दमनको संज्ञा दिई सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, अनावश्यक आरोप लगाएकाले सेवा सुविधाबाट वञ्चित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै यस्तो अराजक तत्वबाट भ्रममा नपर्न सम्पूर्ण जनसमुदाय, वडाबासी प्रति अनुरोध गरिनुका साथै दिल बहादुर केसीले सामाजिक सञ्जालमा गरेको कार्य प्रति देख प्रकट गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।