☰ open Loading... 27 November 2024|  

एमाले महाधिवेशन : पाल्पाबाट १६ जना प्रतिनिधि चयन
  | २८ कार्तिक २०७८, आईतवार ०५:५१

तानसेन : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको लागि पाल्पाबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन्। मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि पाल्पा क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जि.सी. राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, कुविजा अर्याल, सरस्वती भट्टराई चयन भएका छन्।

यसै गरी पाल्पा क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा, गीता पाण्डे चयन भएका छन्। यसैगरी उत्पिडिततर्फ ठाकुर लोहागुन र दिपक विश्वकर्मा चयन भएका पाटी अध्यक्ष नारायणप्रसाद आचार्यले बताए।

यसै गरी केन्द्रीय नेतृत्वमा रहेका ३ जना स्वत: महाधिवेशन प्रतिनिधि चयन भएका छन्। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वत:  महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकामा पनि एमालेले सहमतीमा नेतृत्व चयन गरिसकेको छ। केन्द्रीय महाधिवेशनपछि एमाले पाल्पाको जिल्ला अधिवेशन हुने छ।