☰ open Loading... 28 November 2024|  

बालबिवाहका कारण बालबालिका आमाबुवाबाट विछोट हुँदै
  | २९ कार्तिक २०७८, सोमबार १९:२९

सुर्खेत, २९ कात्तिक । समाजमा मौलाएका विभिन्न विकृतीका कारण बालबालिकाहरु जोखिममा परेको कर्णालीका बालअधिकारकर्मीहरुले निश्कर्ष निकालेका छन । आवाज संस्था सुर्खेत, समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) ले प्रदेश संयुक्त रुपमा प्रदेश राजधानी सुर्खेतमा आजदेखि आयोजना गरिएको बा आमाबाट बाल बिछोट रोक्न स्थानीय र प्रदेश सरकारको जिम्मेवारी विषयक पैरवी कार्यक्रममा सहभागी भएका बाल
अधिकारकमीहरुले यस्तो निश्कर्ष निकालेका हुन । समुहगत रुपमा छलफल गर्दै उनिहरुले उमेर नपुगी विवाह भएका दम्पतीबाट जन्मिएका अधिकांस बालबालिकाहरु नै जोखिममा पर्ने गरेको बताएका छन । सानो उमेरमा विवाह हुँदा शिक्षाबाट बञ्चित हुने भन्दै चेतनाको विकास नहुँदा आर्थिक अवस्था समेत कमजोर हुने र सम्बन्ध विच्छेतसम्म जाँदा बालबालिका बाआमाबाट छुट्टीने गरेको उनिहरुको भनाई छ ।
समुहगत छलफलमा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र महिला सेलका डिला विकले बालबिवाह र बहुबिवाहका कारण बालबालिका आमा बुवाबाट विछोट हुनुपरेको बताउनुभयो । समुहगत छलफलमै सहभागी प्रहरी इन्सपेक्टर लाल बहादुर सुनारले पनि चरम गरिबी, चेतनाको कमी, बाह्य संकृतीको प्रभाव जस्ता कारणले बालबालिका टुहुरा बन्ने गरेको बताउनुभयो । उहाले अहिले समाजमा नैतिक शिक्षा समेत आवश्यक रहेको औलयाउनुभयो । समुहगत छलफलमा सहभागी हुनुभएका दलित महिला संघका अध्यक्ष मञ्जु सुनारले अन्तरजातिय बिवाह र बैदेशिक रोजगार पनि पछिल्लो समय दम्पतीको सम्बन्ध विच्छेतको कारण बनेको र यसले बालबालिका बाबुआमाबाट बालबालिका विछोटिनुपरेको बताउनुभयो । यसैबिच, कार्यक्रममा सहभागी भएका उनिहरुले राज्य तर्फबाट यससम्बन्धीका थुप्रै कानुनहरु बनेको भन्दै यसको कार्यान्वयनमा जोड दिएका छन ।
नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५ लगायतले बालबालिकाको अधिकारलाई सुरक्षित गरेको भन्दै यसको कार्यान्यनमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले बालबालिकाको संरक्षणको लागि राज्य जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । उहाले सबैभन्दा ठुलो समस्याको रुपमा रहेको बालबिवाहलाई रोक्न सके मात्र पनि आमाबाबुबाट बालबालिका विछोट हुने समस्या कम हुने बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमायाँ ढकालले सरकारले नीति र कानुन बनाउने भन्दै यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । उहाले वीरेन्द्रनगरले छोरी खाता लगायतका कार्यक्रम संचालन गरेको बताउँदै यसले केही हतसम्म जोखिम बालबालिकाहरुलाई समेट्ने बताउनुभयो । कार्यक्रम भोलीसम्म समापन हुने आयोजकले जनाएको छ । भोलीको कार्यक्रममा पनि समुह गतरुपमा छलफल गरिने छ ।