☰ open Loading... 5 December 2024|  

दैलेख एमालेमा महाधिवेशन प्रतिनिधि छनौट अपारदर्शी भएको आरोप
  | ३० कार्तिक २०७८, मंगलवार ११:४४

दैलेख- नेकपा एमालेको मंसिर १० गतेदेखि  चितवनमा हुने  दशौं राष्ट्रिय महाधिवेशनका लागि दैलेखमा  प्रतिनिधि चयन पारदर्शी नभएकोे भन्दै विरोध भैरहेको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई बेवास्ता गर्दै बलमिच्याई गरिएको नेकपा एमाले  कार्यकर्ताको आरोप छ । मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशन नजिकिदै जांदा एमालेमा दैलेखमा बिवाद चुलिदै गएको छ ।

महाधिवेशन प्रतिनिधिको आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्न नदिएर एकलौटीरुपमा छनौट गरिएको नेकपा एमाले नेता नन्दकिशोर बस्नेतले पश्चिम नेपाललाई जानकारी दिए।

प्रतिनिधि चयन प्रकृयामै सहभागी गराइएको छैन् । माथिल्लो निकायबाट उचित सम्बोधन हुनेमा आसावादी रहेको समेत उनले बताए ।

एमाले दैलेखका अनुसार एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि दैलेखबाट रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह, धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।