☰ open Loading... 21 November 2025|  

‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका प्रभाव दैलेखमा पनि पर्यो
  | ३० कार्तिक २०७८, मंगलवार १८:४७

दैलेख । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा आह्वान गरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण आज दैलेखको जनजिवन पनि प्रभावीत भएको छ ।

सदरमुकामको दैलेख बजार क्षेत्र लगाएत जिल्लाभरी नै आज बिहानैदेखी नै बन्दको पूर्ण प्रभाव परेको हो । बन्दका कारण सदरमुकाम दैलेख बजार लगाएत जिल्लाका मुख्य व्यापारीक केन्द्रहरुमा व्यवसाय ठप्प रहेका छन भने जिल्लामा भित्रिने तथा जिल्लाबाट बाहीर जाने लामो तथा छोटो दूरीका यातायातका साधनहरु पनि चल्न सकेका छैनन ।

सदरमुकामको सडकमा निजी सवारी साधन फाटफुट मात्र चलेपनि ठुला साधनहरु चल्न नसक्दा यात्रुहरूले सास्ती पाएका छन् । बन्दका कारण आज जिल्ला भरीका शैक्षिक संस्था र बैंक तथा वित्तीय क्षेत्र पनि ठप्प हुदा बन्दको असर परेको छ ।