☰ open Loading... 24 June 2025|  

१४ गते विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही
  | ३ मंसिर २०७८, शुक्रबार १८:२६

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।


उनी कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री बनेका थिए।

शाहीलाई कांग्रेसका छ, माओवादी केन्द्रका १२ र एकीकृत समाजवादीका तीन गरी २१ प्रदेश सभा सदस्यले समर्थन गरेका थिए। प्रदेश सभामा हाल कायम कूल सदस्य संख्या ३५ रहेको छ।

मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले एक महिना पुग्ने लाग्दा विश्वासको मत लिन लागेका हुन्।