☰ open Loading... 19 April 2024|  

डिशहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने
  | ३ मंसिर २०७८, शुक्रबार १२:०३

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १०
एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघि नै बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ भ्याटसहितमा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ भ्याटसहितमा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनी यो सेवा ल्याएको हो ।