☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
पौडेल समूहको हार
  |

गणेश विशु
कामको सिलसिलामा सुर्खेत करिब दुई वर्ष बिताएँ । अपनत्वको हिसाबले धेरै वर्ष त्यहाँ बसोबास गरिरहेको अनुभूति हुन्थ्यो र हुन्छ । अहिले त्यहाँबाट नेपालगन्ज आउँदा पनि मलाई सुर्खेतप्रतिको अपनत्व उत्तिकै छ । सुर्खेतको भूगोल र त्यहाँका साथीहरू मेरो मनस्पटलमा घुमिरहन्छन् । नहोस् पनि कसरी, मलाई ठूलो आपत पर्दा त्यही सुर्खेतले सहयोग गर्‍यो । यो गुण म कहिले तिरौँला । यस हिसाबले पनि सुर्खेतप्रतिको स्नेह मेरा लागि जहिले पनि ताजै हुन्छ र छ ।
सुर्खेतप्रतिको अपनत्वले गर्दा त्यहाँ हुने हरेक गतिविधिमा मेरो ध्यान जान्छ । अहिले नेपाली कांग्रेस १४औँ महाधिवेशनका लागि भइरहेका अधिवेशनमा पनि म नजिकबाट नियाली रहेको छुँ । वडा, स्थानीय तह र क्षेत्रका चुनावलाई मैले चासोका साथ बुझ्ने कोसिस गरेको छुँ, जहाँ आफ्नो जन्मभूमि रूकुम पश्चिमभन्दा बढी । सुर्खेतमा नेपाली कांग्रेसको अधिवेशनमा संस्थापनइतर समूह (रामचन्द्र पौडेल लाइन) कमजोर भएको आन्तरिक चुनावबाट प्रमाणित भइरहेको छ । संस्थापन समूह (शेरबहादुर देउवा लाइन) कमजोर हुँदा पनि आफ्नो प्रभाव जमाइरहेको छ । भन्नु पर्दा पार्टीभित्रको आन्तरिक चुनावमा विजयी भएको छ ।

यहाँ नेपाली कांग्रेसका महामन्त्री पूणर्बहादुर खड्का र पूर्वमन्त्री हृदयराम थानी समूहबीच प्रतिस्पर्धा छ । खड्का देउवा र थानी पौडेल समूहको नेतृत्व गर्छन् ।सुर्खेतको राजधानी वीरेन्द्रनगरलगायत अधिकांश स्थानीय तह थानीअर्थात् पौडेल समूहको बहुमत क्षेत्र हुन् । अहिले ति क्षेत्रमै पौडेल समूह कमजोर भयोअर्थात् चुनावबाट पराजित भयो । कमजोरको विजय र बहुमतवालाको हारलाई मैले बुझ्ने कोसिस गरेर । धेरै पाटाबाट अध्ययन गरेँ । अन्तमा आफैँ उदाहरणीय पात्र रहेछुँ । जब मैले आफूलाई पढ्न थाले अनि पौडेल समूहको हार स्वीकारोक्ति भयो । यसका लागि मैले आफूलाई नेपाल पत्रकार महासंघ कणर्ाली प्रदेशको चुनावसम्म पुर्‍याएँ । म पनि नेपाल प्रेस युनियनको सदस्य हुँ । म पत्रकारहरू राजनीतिक चेतनाविहीन हुनुपर्छ भन्ने मान्यतामा छैन । पत्रकारमा राजनीतिक चेतना हुन अनिवार्य छ र आफूले कलम चलाउँदा राजनीतिक गन्ध आउनुहुन्न मान्यता राख्छुँ । सोहीअनुसार मैले पनि भित्रीरूपमा नेपाल पत्रकार महासंघ कणर्ाली प्रदेशको पदाधिकारीमा रूची राखेको थिएँ । जतिजति महासंघको चुनाव नजिकिँदै आउँछ त्यतित्यति मैले आफूलाई पदाधिकारीमा रूची भएको कुरा खुलाउन थालेँ । त्यो पनि मेरो लागि स्वभाविक थियो । म बहालवाला प्रदेश सदस्य थिएँ ।

म आफूलाई पौडेल समूहको भन्छु । पौडेल समूहबाटै चुनावमा जाने निधो गरे । मैले सुर्खेतको पत्रकारका नेता भनिने (नाम भन्न मैले रूचाएन) हरूसँग पनि सल्लाह र सुझाव लिएँ । उनीहरूले पनि आश्वासन दिएँ । मेरा साथी गोविन्द केसी, सहकर्मी नगेन्द्र उपाध्याय र मेरा अग्रज कृष्णप्रसाद गौतम, कमल पन्थलगायतसँग पनि मैले आफ्नो इच्छा जाहेर गरेँ । उहाँहरूबाट उत्साहपूणर् सहयोग र हौसला मिल्यो । उम्मेदवारी दर्ता गर्ने दिनसम्म मैले आफूलाई महासचिव वा त्यो नभए सचिवमा प्यानलबाटै उम्मेदवारी दिने मनसाय बनाएको थिएँ । तर पौडेल समूहभित्रका नेता भनिने पत्रकारहरूले आफ्नै समूहभित्र अन्तरघात गरेर अगाडि बढ्ने सहमति गरेँ । जहाँ म सहभागी थिएनँ । जतिबेला उनीहरूले छलफल गरे, त्यसभन्दा पहिला पत्रकार महासंघमा रहेका साथीहरू पुनः दोहोरिन चाहे वा नचाहेको कुरा सोधिएन र बुझिएन । उनीहरूले कोटे छलफल गरेर खल्तीबाट उम्मेदवारहरू तयार पारे ।

जो म आफूलाई पौडेल समूहको सच्चा सिपाही ठान्छु त्यही व्यक्तिलाई पाखा लगाएर अगाडि बढेपछि अब भन्नूस् म के गरौं । त्यही पौडेल समूहका उम्मेदवारलाई मतदान गरौँ या नगरौँ । चुनावमा सहभागी भएँ । त्यसपछि मैले आफ्नो समूह मात्र होइन मतदानपत्रमा भएका नामहरू हेर्न थाले र जो क्रियाशिल छन् र संघर्ष गरिरहेका छन् उनीहरूलाई मतदान गरेँ । जो खल्तीबाट निस्किएका थिए उनीहरूलाई मैले मतदान गरेन् । यो भन्न मलाई कुनै हिच्किचवाट छैन । मैले मतदान गर्दा जित्ने र नगर्दा हार्ने स्थिति पनि थिएन । गठबन्धन भएकाले प्रक्रियाका लागि मात्र चुनाव भएको थियो । यही घटना क्रममा म रोकिएँ र हारको कारण यही भएको निष्कर्ष निकाले । अरु जति लामा तर्क र विश्लेषण गरे पनि पराजयको कारण यही अन्तरघात र बेइमानी हो । म एउटा उदारहण मात्र हुँ, तर सुर्खेतमा पौडेल समूह कमजोर हुनुको प्रमुख कारण नै आफ्नैभित्रकालाई अन्तरघात गरी बेइमानी राजनीति गर्नु हो । सुर्खेतको कांग्रेस राजनीतिमा नारायण कोइराला नामै काफी छ । यत्तिको इमान्दार र संघर्षशील कार्यकर्ता कांग्रेसले पाउन कठिन छ, तर अवसोच उहाँले हार्नुभयो । जिल्ला सभापती, पूर्वमन्त्रीहरू नै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हार्नुभयो । योभन्दा अरू लाज के हुन सक्छ पौडेल समूहलाई ।
कर्णालीमा पौडेल समूहको नेतृत्व गर्ने आदरणीय नेता हृदयराम थानीले यो लेख पढ्नु होला वा नहोला तर कुरा यही हो। आफ्नैभित्रकालाई विश्वास नगर्दा र अवसरबाट वञ्चित गराइँदाको परिणाम यही हो । पार्टी नेतृत्वबाट यस्ता घिन लाग्दा क्रियाकलाप नभए पनि त्यही नेतृत्व वरिपरि घुमिरहेकाहरूलाई ठेगान लगाउन जरूरी छ । नत्र तिनैले पार्टी नेतृत्वलाई सिध्याउन बेर लगाउँदैनन् । चेतना भया ।




प्रकाशित मितिः बुधबार, मंसिर ८, २०७८     6:50:40 PM