☰ open Loading... 25 June 2025|  

पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने : भट्टराई
  | ४ मंसिर २०७८, शनिबार ०५:४५

काठमाडौँ — नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।

 

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मत भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले १०औं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरूको जोड रहेको बताए।