| ६ मंसिर २०७८, सोमबार १७:४७
दैलेख -नेपाली काँग्रेसको महाधिवेशन चलिरहदाँ दैलेखमा भने पालिका, प्रदेश हुँदै संघको चुनावमा समेत महिला नेतृत्व आउन सकेको छैन्। वडामा एकाध वडाअध्यक्ष बाहेक कुनैपनि समितिमा महिलाले नेतृत्व नपाएका हुन् । वडादेखी पालिका हुँदै प्रदेश, संघसम्म आउदा महिलाको नेतृत्व नहुँनु दुखद कुरा भएको महिला नेतृ तथा महाधिवेशन प्रतिनिधि बासना थापाले बताईन् । सक्षम महिलाहरु पार्टीमा भएपनि अवसर नपाएको थापाले बताईन् ।
पार्टीलाई वडादेखी जिल्लासम्म हाक्ने क्षमता भएका महिला नेतृहरु भएको तर, चुनावमा विभिन्न बाहनाबाट अवसर नपाउने गरेको पाईन्छ । महिला आरक्षका पदमा बाहेक अन्य पदमा महिलाहरुले अवसर पाउन सकेका छैन् ।