☰ open Loading... 25 February 2025|  

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
  | ९ मंसिर २०७८, बिहीबार २०:१४

 

दैलेख -लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारदेखि दैलेखमा शुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु गरिएको हो ।हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने यो दिवस दैलेखमा पनि बिभिन्न कार्यक्रम गर्ने गरी उद्घाटन गरीएको छ ।

 

 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दैलेखको, आयोजनामा अन्य संघसंस्थाहरुले सहयोगमा गरिएको बताइएको छ। कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, संघसंस्था, मानवअधिकारकर्मी, महिला अधिकर्मिहरुको सहभागिता रहेको थियो।