| १० मंसिर २०७८, शुक्रबार ०५:१५
दैलेख -मेला हेर्न गएका एक युवककोे मृत्यु भएको छ । देलेखको भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय युवकको मेला हेर्न गएको समयमा भीरबाट खसेर घाइते भई उपचारको क्रममा मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भगवतीमाई गाउँपालिका–३ सान्तडामा लाग्ने स्थानीय परम्परागत मेला हेर्न गएका गमबहादुर नेपालीको भीरबाट अन्दाजी ७५ मिटर तल खसेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरी नायक उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद शाहले बताए ।
बिहान भएको घटनास्थलमा प्रहरी चौकी दैलेखको बेस्तडाबाट ५ जनाको टोली खटिएर उक्त व्यक्तिको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाएको र नेपालीको बिहिबार दिउँसो करिब २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकोछ।