☰ open Loading... 23 December 2024|  

जनगणनामा समेटिए राउटे
  | १० मंसिर २०७८, शुक्रबार ०५:२७

 

सल्यान । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ ।

२०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरूको सङ्ख्या १ सय ४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ जना गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ बालुबासँग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा न १ घाटगाउँमा बसाइ सरेका थिए ।एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा न ३ को काँरागाउँमा बसाई सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ ।

 

विभिन्न स्थानमा फिरन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका छन् । सुरुमा जनगणना गराउन नमानेका राउटेहरू पछि भने जनगणना गराउन राजी भएका थिए ।