| ११ मंसिर २०७८, शनिबार ०६:२६
दैलेखमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उक्त व्यक्ति पक्राउ परेका हुन् ।
पीडित किशोरीकी आमाले उक्त घटनाको पोल खुलेपछि बिहिबार प्रहरीलाई जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दरखास्त मार्फत प्राप्त सुचना अनुसार दैलख प्रहरीले पक्राउ गरी दैलेख अदालतबाट १० दिन म्यादथप गरी थप अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी नायक उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले बताए ।
डीएसपी साहका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई बिगत ३ बर्ष देखी पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमापारी जबरजस्ती करणी गरेका थिए । ।