☰ open Loading... 26 December 2024|  

काँग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागी निर्वाचन सम्पन्न ,आजै मतगणना हुने
  | ११ मंसिर २०७८, शनिबार १८:५४

दैलेख । नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्र्तरगत दैलेखमा आज (शनीबार) मतदान प्रक्रिया सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा कुल १ हजार ५ सय ९४ मध्ये १ हजार ५ सय ५९ मत खसेको जिल्ला निर्वाचन अधिकृत बिवश बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न भै मतगणना कार्य सूरु हुदा सम्मका लागि मतपेटी सुरक्षित गरि सकिएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन अधिकृत बस्नेतका अनुसार नया नेतृत्वका लागी चुनावी मैदानमा होमीएका दुईवटै प्यानलका उम्मेदवारहरुबीच छलफल गरी आजै साझ देखी मतगणनाको काम सूरु गरीनेछ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिती दैलेखको नया जिल्ला कार्यसमिती चयनका लागी जिल्लामा सस्थापन ९देउवा० र सस्थापनईतर ९पौडेल० प्यानलबाट उम्मेद्धारहरु चुनावी मैदानमा उत्रिएका छन । संस्थापन ९शेर बहादुर देउवा० समुहबाट दुल्लु नगरपालीकाका नगर प्रमुख समेत रहेका युवा नेता घनश्याम भण्डारीको सभापतिमा उम्मेद्धारी रहेको छ ।

भण्डारीको प्यानलबाट उपसभापतिमा बखत बहादुर कटुवाल र गणेश कुमार शाही, सचिवमा रत्न बहादुर शाही र हेम शंकर शर्मा अधिकारीको उम्मेदवारी रहेको छ । यस्तै, भण्डारीको प्यानलबाट सह–सचिवमा धिरेन्द्र सापकोटा र ईश्वर कुमार थापा उम्मेदवार रहेका छन् ।

यता सस्थापनईतर ९रामचन्द्र पौडेल० प्यानलबाट नेता मणीराम रेग्मीको जिल्ला सभापतिको उम्मेद्धारी रहेको छ । रेग्मीको प्यानलबाट उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी उम्मेदवार छन् भने सहसचिवमा महेन्द्र बहादुर शाही ९चट्टान० र कनक बहादुर सेनको उम्मेदवारी रहेको छ ।

जिल्ला कार्यसमितीको अन्य सदस्य पदका लागि पनि दुई वटै प्यानलबाट बिभीन्न व्यक्तीहरुको उम्मेदवारी दर्ता भएको छ । निर्वाचनमा होमीएका दुवै समुहका नेता तथा कार्यकर्ताहरुले चुनावको परिणाम आ–आफ्नै पक्षमा पर्ने दावी गर्दै आएका छन ।