☰ open Loading... 26 December 2024|  

सुर्खेतमा बहुविवाह मुद्दामा फरार महिला पक्राउ
  | १२ मंसिर २०७८, आईतवार ०५:२८

 

सुर्खेत । सुर्खेतमा बहुविवाह मुद्दामा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बराहताल गाउँपालिका–१०, की लक्ष्मी सारु मगरलाई प्रहरीले शुक्रवार सदरमुकाम वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतले सारु मगरलाई बहुविवाह मुद्दामा एक हजार रुपैयाँ नगदसहित १ बर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार सारु मगरलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी बताए ।