दैलेख । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दैलेखका ९ वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ । सोमबार भएको अधिवेशनले जिल्ला ११ पालिकामध्ये ९ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको नौमुले गाउपालीकामा छवी सुवेदी, भगवतीमाई गाउपालीकामा नरेन्द्र सिंह, डूङ्गेश्वर गाउपालीकामा श्याम राना, र दूल्लु नगरपालीकामा टेक बहादूर खड्का पालीका अध्यक्षमा चयन गरिएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवाल (विरवल) ले जानकारी बताए ।
यस्तै भैरवी गाउपालीकामा गोपाल रिजाल, चामुण्डा विन्द्रासैनी नगरपालीकामा रण बहादूर खड्का, आठबिस नगरपालीकामा बसन्त बस्नेत, ठाटीकाँध गाउपालीकामा उमेश कुमार रावत र नारायण नगरपालीकामा तारा केशर धमला अध्यक्षमा चयन भएका छन । यस्तै नेतृत्व चयन हुन बाकी रहेको जिल्लाको माहाबु गाउपालीकामा मंगलबार र गुराँस गाउपालीकामा बुधबार नेतृत्व चयन गर्ने कार्यतालीका रहेको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवालले जानकारी दिए ।