☰ open Loading... 17 November 2024|  

बर्दिया राजापुरका एक सय बाढी प्रभावितलाई राहत
  | १४ मंसिर २०७८, मंगलवार ०५:२९

नेपालगन्ज  : बर्दियाको राजापुर नगरपालिका वडा नंं. ७ मा रहेका बाढी प्रभावित व्यक्तिहरुलाई राहत वितरण वितरण गरिएको छ । वासको आयोजनामा, एनआएनए अष्ट्रेलियाको सहयोगमा, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वयमा राहत वितरण गरिएको छ ।

 

बर्दिया राजापुर नगरपालिका वडा नंं.–७ मा रहेका बाढी प्रभावित ब्यक्तिहरुलाई राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी, वासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका पूर्व वरिष्ट उपाध्यक्ष सुरेन्द्र शाहीले राहत वितरण गरेका थिए ।

 

राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले राहत वितरण कार्यक्रममा बोल्दै समस्यामा परेका नागरिकलाई राहत वितरण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले खाद्यान्न वितरणले प्रभावित ब्यक्तिहरुलाई केही हदसम्म राहत हुने भएको बताए ।

 

प्रभावित ब्यक्तिहरुलाई गैरसरकारी संस्थाहरुले गरेको सहयोग प्रशंसनीय रहेको उनले बताए । वितरण गरिएको राहतमा प्रतिव्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लिटर खाने तेल र १ किलो नून लगायतका खाद्यान्न  रहेको छ । वासले विभिन्न समयमा आउने बाढी तथा महामारीबाट प्रभावित व्यक्तिहरुलाई विभिन्न संघसंस्था तथा निकायहरुको सहयोगमा राहत वितरण गर्दै आएको छ ।