☰ open Loading... 17 November 2024|  

एउटै विद्यालयमा दुई प्रधानाध्यापक
  | १४ मंसिर २०७८, मंगलवार १२:०२

यामराज विष्ट
दैलेख – दैलेखको एक विद्यालयमा दुई जना प्रधानाध्यापक रहेका छन् । नारायण नगरपालिका ३ कालिमाटीस्थित नेपाल राष्टिय माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक रहेका हुन् । शिक्षा विकास तथा समन्वय इकाइबाट२०७६ भदौं ६ गतेको निर्णय अनुसार देवीकुमारी बुढालाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको छ तर, २०७८ मंसिर ४ गते सोही विद्यालयको विद्यालय ब्यवस्थापन समितिको बैंठकले देवीकुमारी बुढालाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएर निमावी शिक्षक रंगनाथ खनाललाई जिम्मेवारी दिएको हो ।

विद्यालयको छाप र लेटरप्याट सदस्य सचिव प्रधानाध्यापकलाई थाहा नै नदिएर दुरुप्रयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको मुद्दा समेत परेको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तेजबहादुर थापाले नारायण नगर शिक्षा इकाइबाट विद्यालयको मुद्दाबारे सुनुवाई नभए आफुले त्यो मुद्दाका बारेमा निर्णय लिने बताए । विद्यालयमा प्रधानाध्यापक बुढाले मर्यादित र जिम्मेवार शिक्षक बनाउनका लागि शिक्षकहरुलाई स्पष्टिकरण समेत सोधेकी थिईन् । कम्प्यूटर लगायतका सामाग्री खरिदमा हिनामिना भएको आंशका छ । विद्यालय ब्यवस्थापन समितिको अध्यक्षकै मिलोमत्तोमा विद्यालयमा हिनामिना भएकाले त्यो ढाकछोप गर्न प्रधानाध्यापक परिवर्तन गरेको जनाईएको छ ।

प्रधानाध्यापक बुढा मावि तहको शिक्षिका हुन् । तर, विद्यालय ब्यवस्थापन समितिले निमावी शिक्षक रंगनाथ खनाललाई दिएको छ । राजनितिक खिचातानीका कारण विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यौपानेले आफु अनुकुलका प्रधानाध्यापक राखेको आरोप लागेको छ । आफु कार्यरक्त हुदाँ हुँदै विद्यालय ब्यवस्थापन समितिले अर्को प्रधानाध्यापक चयन गर्नु गलत भएको प्रधानाध्यापक देवीकुमारी बुढाले बताईन् ।

यस्तै विद्यालय व्यवस्थापन समितिले भने विद्यालयमा छलफलका लागी अभिभावकलाई  बोलाउन भन्दा मान्नु भएन , सुत्केरी बिदामा बस्दा निवेदन दिनुभएन, जानकारी समेत नआएकाले ,पटक -पटक मैले सुर्धिन भनेर मैखिक रुपमा भनेको उहाँले मान्नु भएन ,विद्यालय नियमसँग सञ्चालन हुनु पर्ने भन्दै मंसिर ४ गते स्पष्टिकरण सोधेको भनेको जस्तो जवाफ नआएपछि बुढालाई प्रअबाट हटाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यौपाने बताए ।राजनितिक खिचातानीका कारण विद्यालयमा नियमित रुपमा भनेजस्तो पढाई , स्वच्छ खानेपानी र शौचालयको समेत उचित प्रबन्ध नरहेको विद्यार्थीहरुले गुनासो गर्दै आइरहेका छन् ।