☰ open Loading... 29 September 2025|  

दैलेख- सुर्खेत सडक एक महिनाको लागी अबरुद्ध
  | १४ मंसिर २०७८, मंगलवार २०:५८

दैलेख –  दैलेख सुर्खेत सडक खण्ड  एक महिनाको लागी अबरुद्ध हुने भएको छ ।दैलेख- सुर्खेत सडक खण्डमा पर्ने गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिरमा चट्टान काटी सडक फरकीलो बनाउने भएकाले मिति  २०७८ मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म सडक अबरुद्ध गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी बताए ।

सडक फराकीलो बनाउन करिब एक महिना लाग्ने भएकाले  एक महिनाको अवधिभर मोटरसाइकल , जिप, बाहेकका अन्य सवारी साधन तल्लो डुंगेश्वर हुँदै बांगेसिमल सडक खण्ड प्रयोग गरि बाहिरी जिल्ला जानुपर्ने छ।