☰ open Loading... 18 November 2024|  

दैलेखमा बस अब बसपार्कमा नगए कारबाही
  | १५ मंसिर २०७८, बुधबार ०७:५१

 

यामराज विष्ट

दैलेख- दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सदरमुकाम भित्र ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई प्राथमिकता दिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, सवारी साधन दुर्घटना बढ्दै गएकाले नारायण नगरपालिका -६बसपार्कमा सवारी साधनको लागी पार्किङको ठाउँ तोकिएको छ । अव्यवस्थित पार्किङले बजारको सुन्दरतामा असर गरेको र ओहोरदोहोरमा समेत समस्या हुने गरेको भन्दै यस्तो व्यवस्था गरिएको उनले बताए ।

दैलेखको दक्षिण तर्फबाट सदरमुकाम सवार हुने यात्रुुबाहक बस मालबाहक साधनहरु पुष्पलाल मध्यपहाडी रुट प्रयोग गर्नुपर्ने ,बजार क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन,गाडी पार्किङ ,सदरमुकामका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न बजार क्षेत्रमा सवारी पार्किङका गर्न नपाउने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

यस्तै मुख्य बजार क्षेत्रमा सवारी पार्किङको समस्या भएकोले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका कारर्वाही गर्ने दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साह साहले बताए । लाइसेन्स चेकजाँज पनि कडाइ गर्नुपर्ने ट्राफिक नियम जानी–जानी उल्लंघन गर्नेहरुमाथि कडा कारर्बाही हुने बताए ।ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई ध्यान दिने प्रहरी प्रमुख साहले पश्चिम नेपाललाई बताए। तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरी र नगरपालिकाले कारबाही गर्ने भएको छ ।सवारी पार्किङ निषेध गरिएको स्थानमा कसैले सवारी पार्किङ गरेको पाइए पहिलो पटक सचेत गराउने र दोस्रो पटक पनि सोही प्रकृति दोहोरिए जरिवाना गरिने भएको छ। यसअघि सानाठुला सवारीधनीले बजार क्षेत्रका होटल र पसलअघि नै जथाभावी सवारी पार्किङ गर्दै आएका थिए ।