| १५ मंसिर २०७८, बुधबार ०८:३०
दैलेख- दैलेखको नारायण नगर पालिकाको गाडी नगर प्रमुख रत्न बहादुर खड्काले नेकपा एमालेको चितवनमा भएको केन्द्रीय महाधिवेशनमा ८ गते देखि प्रयोग गर्दै आएका छन् । सरकारी सम्पतिको दुरुप्रयोग गर्दै महाधिबेसन प्रतिनिधि लिएर नगर प्रमुख खड्काले पदको दुरुप्रयोग गरेका हुन ।
लामो समयदेखि पालिकामा गाडी नदेखिएपछि स्थानियले खोजी समेत गरेका थिए । नगर पालिका श्रोतका अनुसार नगर प्रमुख खड्काले महाधिवेशनमा ८ गते देखि गाडी लिएर गएका हुन् । ‘गाडीको चरम दुरुप्रयोग भयो ।’ एक जनप्रतिनिधिले भने, सरकारी गाडी पार्टीको काममा प्रयोग हुनु कति जायज हो ।’ आज गाडी चितवनबाट दैलेख आउँदै छ ।