☰ open Loading... 19 November 2024|  

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द
  | १७ मंसिर २०७८, शुक्रबार ०५:५०

हुम्ला सदरमुकाम सिमकोटमा बिहीबार बिहानदेखि लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मंसिरमै चिसो बढेको हो । हिमपातका कारण सदरमुकामलगायतको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि सिमकोटभन्दा माथि उत्तरी भेगको विकास निर्माणसमेत प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान  पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ ।

त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले जानकारी दिए ।