☰ open Loading... 19 November 2024|  

नगरपालिकाद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन
  | १७ मंसिर २०७८, शुक्रबार १९:५४

यामराज बिष्ट
दैलेख -नारायण नगरपालिका दैलेखले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाले स्वास्थ्य सेवा कार्यालय दैलेखमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो ।

शिविर नारायण नगरपालिकाको आयोजना, गेश्चर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा स्थानीय बासीलाई लक्षित गरि दुईदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । नेपालगंजका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू उपस्थिति रहेको शिविरमा मंसिर १७ र १८ गते निशुल्क स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधी समेत नि:शुल्क वितरण गरिएको नारायण नगरपालिका दैलेखका सह -स्वास्थ्य संयोजक लाल बहादुर खड्काले बताए ।

शिविरमा छाती , मुटु , पेट , कलेजो , सुगर , प्रेशर , किडनी तथा पिसाब , दम , मिर्गी , मानसिक तथा यौन , आँखा , दाँत , नाक कान घाँटी , महिला तथा प्रसुती , छाला , प्लास्टीक सर्जरी , बालरोग लगायतका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने छ ।स्वास्थ्य शिविरबाट पुरुष ,महिला, बालबालिका गरि ११५२ जना सर्वसाधारण लाभान्वित भएका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।