कर्णाली प्रदेशको सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भूपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन्। ललितजंग जुम्लाका हुन् भने भूपेन्द्र र मोतीराज कालीकोटका हुन् ।
सभापतिका उम्मेदवारहरु बाँयाबाट क्रमशस् संस्थापन पक्षका ललितजंग शाही, पौडेल पक्षक भूपेन्द्रजंग शाही र निधि पक्षका मोतीराज बम ।
यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो । तर, शुक्रबार एकाएक निधि पक्षबाट पनि मोतीराजले उम्मेदवारी दिएका हुन्।
यस्तै, प्रदेशको उपसभापतिमा देउवा पक्षबाट कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमारी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल पक्षबाट देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।
महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र कृष्णकुमार रोकायाले उम्मेदवारी दर्ता गराएका छन् पौडेल पक्षबाट कृष्णबहादुर वीसी र खगेन्द्रबहादुर मल्ल उम्मेदवार छन् । महामन्त्रीमा गोविन्दबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।