| १८ मंसिर २०७८, शनिबार ०५:३६
काठमाण्डाै – कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेकाे छ । आज शुक्रवार दिउँसाे ती खाेप काठमाण्डाै आइपुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।
अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जाेनसन र फाइजर खोप लगाइएको छ ।