दैलेख- १८औ राष्ट्रिय स्वयंसेविका दिवसको अवशरमा हाजिरजवाफ प्रतियोगीता संञ्चालन गरिएको छ ।नारायण नगरपालिका भित्र रहेका ११ वटा स्वास्थ्य सस्थाहरुका स्वयंसेविकाहरुलाई ५ समुह विच प्रतियोगिमा संचालन गरिएको हाे ।
स्वस्थ जीवनशैली हाम्रो आवश्यकता संकट न्युनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नारा सहित आइतबार १८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस दैलेखमा हाजिरजवाफ प्रतियोगीता कार्यक्रम गरि मनाएको हो ।
स्वास्थ्य स्वयंसेविका दिवस नारायण समुह प्रथम त्रिवेणी द्धितिय,बेलासुर तृतिय,सरस्वती र बसन्त समुह सान्तवना भएका थिए ।प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २०००, द्धितिय पुरस्कार रु १५०० र तृतिय पुरस्कार रु १००० नगद रकम सहित प्रमाणपत्र प्रदान गरिएको नारायण नगरपालिका स्वास्थ्य साखाका सह -संयोजक लालबहादुर खड्काले बताए ।
यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ ।