मलेसिया। जनउद्वार केन्द्र मलेसियाले विभिन्न राज्य हरुमा संयोजक र सह-संयोजक चयन गरेको छ । मलेसियामा बैधानिक कानून बमोजिम श्रमिक हरुको हक हितको लागि परोपकारी कार्य गर्दै आएको समाज लाई थप ब्यापक बनाउनको लागि मलेसियाका बिभिन्न राज्य हरुमा संयोजक र सह संयोजक चयन गरिएको हो । आईतबार जनउद्वार केन्द्र मलेसियाले भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरि जोहोरबारु राज्यमा बिपिन केसि संयोजक र सह- संयोजकमा नेत्र खड्का, मलल्का राज्यको संयोजकमा भिम बहादुर बिश्वकर्मा , क्वालालम्पुरको संयोजकमा सुमन अछामे ,सेलाङगर राज्यको संयोजकमा प्रेम बहादुर गुरुङ ,पेराक राज्यको संयोजकमा टिकाराम भण्डारी , पेनाङ राज्यको संयोजकमा दिल बहादुर घर्तिमगर र सह-संयोजकमा सम्राट बिश्वकर्मा लाई उक्त आयोजक भेलाले सर्वसम्मत चयन गरिएको छ।
उक्त भेलाले सामाजिक कल्याण संघ जनउद्वार केन्द्रको बिधान बमोजिम राज्य समिति गठनको लागि सम्पन्न भेला बाट चयन भएका समन्धित राज्य संयोजक हरुलाई जिम्मेवारी दिएको छ । अधिबेशन आयोजक समिति संयोजक केशु थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सदस्य-सचिव शंकर देब आर्चायले गर्नु भएको थियो । यसैगरी जनउद्वार केन्द्र मलेसियाको नयाँ नेतृत्व चयनको लागि १६ तारिख जनवरी २०२२मा अधिबेशनको मिति निर्धारण गरेको छ ।