☰ open Loading... 29 November 2024|  

प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने
  | २३ मंसिर २०७८, बिहीबार २०:२८

 

दैलेख -दैलेख प्रहरी प्रमुख भवश्वेर साहले प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए ।नारायण नगरपालिका ८ तर्ताङ्गमा रहेको सरस्वती माध्यमिक विद्यालयमाआयोजना गरिएको हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत कार्यक्रममा नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तो सुक्कै मुल्य चुकाउँन तयार रहेको उद्घोष गरेका छन्।बोल्नको लागी सक्ती चाहिदैन तपाई संग आट हुनुपर्छ ,लैङ्गिक हिंसा, दुर्व्यवहार महिला विरूद् हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने डीएसपी साहले बताए।

कार्यक्रममा विद्यार्थीहरुलाई समाजमा देखिएको साईवर क्राईम, सडक दुर्घटना, चोरी, हत्या, घरेलु हिंसा लगाएत कसुरवाललाई कस्तो सजाय दिईन्छ,प्रहरी र नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरी प्रती सकारात्मक धारणाको विकास, लगायतका बिषयमा जानकारी गराईएको थियो।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दैलेखको, आयोजनामा अन्य संघसंस्थाहरुले सहयोगमा गरिएको बताइएको छ।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय का प्रधानाध्यापक जीवराज तिमिल्सेना अधिकारकर्मी रमा थापा ,प्रभाकुमार विक पत्रकार अम्मर सुनार,यामराज बिष्ट लगायतको सहभागिता रहेको थियो।