☰ open Loading... 28 November 2024|  

कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत
  | २५ मंसिर २०७८, शनिबार ०५:४४

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।

गत फागुनमा गठन भएको प्रदेश लोकसेवा आयोगमा ९ महिनापछि थप कर्मचारी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।उनकाका अनुसार आयोगको तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको हो ।