वीरेन्द्रनगर ः एमसीसी सम्झौता राष्ट्रिय राजनीतिमा फेरी मडारिएर आएको भन्दै कर्णालीमा साद दलले संयुक्त विज्ञप्ती जारी गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गदैँ कर्णालीका विभिन्न सातदलले संयुक्त एमसीसी सम्झौता खोरेजी निम्ती प्रेस विज्ञप्ती जारी गरेका हुन् । देशको सार्वभौमिता माथि रहनेगरी गरिएको चरम राष्ट्रघाती र जनाघाती एमसीसी सम्झौता राष्ट्रिय राजनीतिमा फेरी मडारिएर आएको भन्दै संयुक्त रुपमा विज्ञप्ती मार्फत खारेजीको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले विगतमा नेपाली जनताको संघर्षको बलले पारित हुन नसकेको एमसीसी सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले संसद्बाट अनुमोदन गराएर लागू गर्ने धृष्टताकासाथ तयारी गरिरहेको सूचनाहरू सार्वजनिक गरेको भन्दै विरोध जनाए । शाहीले भने ‘नेपाल रहे मात्रै नेपाली रहन्छौँ, नेपालको सर्वाभौमिक्ता, अखण्डताको रक्षा गदैँ र पञ्चसिलको सिद्धान्तको आधारमा नेपाली राजनीतिलाई अगाडी बढाउन् दलाल संसदीय व्यवस्थाका सत्तासिनहरुलाई खबरदारी गर्दछु ।’
यस्तै शाहीले परियोजनाका लागि आगामी मंसिर २८ गते संसद् अधिवेशन आह्वान गरिएको छ । डिसेम्बर १३ मा एमसीसीको न्युयोर्कस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने निर्णय चएको र यो सगै पछिल्ला घटनाहरूले नेपाली दलाल साशकहरू राष्ट्रिय स्वाधिन्तामाथि अमेरिकी साम्राज्यकोवादी आक्रमणलाई अन्तिम रूप दिँदै छन् भन्ने कुरा प्रष्ट आउने बताए । साथै यसका विरुध संघर्षलाई सशक्त बनाउनु र खारेज गर्नु नेपाली जनताको जीवन मरणको विषय बन्न गएको प्रष्ट पारे । यस्तै एमसीसी देशको हितमा नभएको भन्दै सात दलले संयुक्त रुपमा मंसिर २७ गते वीरेन्द्रनगरमा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
साथै नेपाली जनताको आवाजलाई बेवास्ता गर्दै सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्न खाजेको उनीहरुको आरोप छ । नेपाली राष्ट्रको स्वाधिन्ता र नेपाली जनताको स्वनिर्णय अधिकारको निम्ति एमसीसी सम्झौता खारेज गर्न कम्युनिष्ट पार्टी र मोर्चाहरुले संयुक्त संघर्षको आह्वान गरिएको सात दलका प्रतिनिधिहरुले हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै कार्यक्रममा पत्रकारहरुको प्रश्नहरुको जवाफ दिँदै राष्ट्रिय जनमोर्चामा केन्द्रीय उपाअध्यक्ष जनकराज शर्माले यदी एमसीसी पास गरेमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उक्त कार्यक्रममा सातवटै राजनीति दलका नेताहरुको आथित्यताका साथै बाक्लो सहभागीता रहेको थियो ।