गणेश रावत,
जुम्ला । विलिभर्श इस्टर्न चर्च कुडारीले पछिल्लो समय समाजको हितमा काम गर्दै आएको छ । चर्च ले कुडारीमा एक दिने सरसफाइ अभियान सम्पन्न गरेको छ । विलिभर्श इस्टर्न चर्च कुडारीले अभियान अन्तर्गत आफ्नो नजिकै रहेको कुडारी र त्रीवेणी बजार सरसफाइ गरेको हो ।
बजारमा फोहोर धेरै देखिँदा एक दिने अभियान सञ्चालन गरिएको पास्टर धनविर नेपालीले बताए । सहर बजार क्षेत्रमा रहेको फोहोर उँठान स्थानीय सरकारले चासो नदिदा चर्चले सरसफाइ गरेको छ ।
गाउँ घरमा इसाई धर्म स्थानीयले राम्रो मान्दैनथे ।
तर अहिले समाजमा राम्रो काम गर्दै जादा कस्तो धर्म भन्ने बुझ्दै गएका छन् ।
इसाईहरुको महान पर्व आउन लाग्दा क्रीसमसको उपलक्ष्यमा एक दिने बजार सरसफाइ गरेको पास्टर नेपालीले बताए ।
अहिले ुविशेषगरी सहर बजार क्षेत्र निकै दुर्गन्धित हुँदै गएको अवस्थामा क्रीसमसको उपलक्ष्यमा कुडारी बजार सरसफाइ गरिएको होु, उनले जानकारी दिए ।
विलिभर्श इस्टर्न चर्चको आयोजनामा भएको बजार सरसफाइ अभियानमा कुडारीका अन्य स्थानीय चर्चका क्रीस्चियनहरुको पनि सहभागिता रहेको थियो ।
पछिल्लो समय सहर बजारमा मानिसको बसोबाँस बढ्दै जादा दुर्गन्धित बन्दै गएको छ । सेवा सुविधाको आशले बजार क्षेत्रमा बसोबाँस बढ्दै जानू र फोहोर सरसफाइ नहुनु भनेकोआफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै हो ।
विलिभर्श इस्टर्न चर्च कुडारी ले सरसफाइ गर्दा खुशि भएको स्थानीय जगत नेपालीले बताए । म आफै सरसफाइ सहभागी भएको थिए । सरसफाइ गर्दा अहिले कुडारी बजार स्वाच्छ भएको छ ।