दैलेख । दैलेख जिल्लाका ६९ हजार नागरीकहरुले कोरोना भाईरस बिरुद्धको खोप लगाएका छन ।जिल्लामा विभिन्न स्वास्थ्य केन्द्रहरुमार्फत ६९ हजार नागरीकले कोरोना भाईरस बिरुद्धको पुर्ण मात्रा खोप लगाएका स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ। ।
सोमबार दैलेखमा आयोजित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा ७८ हजार जनाले कोरोना बिरुद्धको पहिलोमात्रा खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमीत्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा १ लाख ९८ हजार जनालाई खोप लगाउने लक्ष्य रहेको छ । जसअनुसार ६९ हजार जनाले दुवै मात्रा, ७८ हजार जनाले पहिलो मात्रा खोप लगाएको र अब बाकी ४० हजार जनालाई आगामी माघ महिना सम्ममा खोप लगाईसक्ने तयारी भैरहेको छ ।
दैलेखका प्रत्येक स्थानीय तहमा रहेका सबैजसो स्वास्थ्य सस्थाहरुबाट खोप लगाउने अभियान सञ्चालन भैरहेका छन । तर खोप कार्यक्रममा सबै नागरीकहरु भने सहभागी नहुने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखको भनाई छ ।
दैलेखमा अहिले प्रयाप्त मात्रामा खोप रहेकाले जिल्लामा १२ बर्ष देखी १८ बर्ष भन्दा मुनीका बालबालीकाहरु लगायत सबै नागरीकहरुलाई खोप अभियान कार्यक्रम अन्र्तरगत तोकिएको खोप केन्द्रमा पुगेर अनीवार्य रुपमा खोप लगाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ। ।