| २९ मंसिर २०७८, बुधबार ०५:०६
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । स्रो चरणका लागि भएको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित हुनु भएको हो । देउवा १३ औँ महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएको थियो ।
सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६४ जनाले मतदान गरेका थिए।