☰ open Loading... 26 November 2024|  

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
  | २९ मंसिर २०७८, बुधबार ०५:२९

 

दैलेख – दैलेख प्रहरीले जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भैरवी गाउँपालिका –६ कुसापानीका २२ वर्षीय युवा रुपेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । १६ बर्षीया युवतीलाई ललाई फकाई डरत्रास देखाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्न खोजेको आरोपमा ती युवकलाई पक्राउ गरिएको डीएसपी शाहले बताए । पक्राउ परेका ती युवकलाई दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।