☰ open Loading... 7 November 2025|  

नेपाली जनप्रगतिशील मन्च मलेसियाको अध्यक्षमा पुनः प्रेम पाण्डे सर्वसम्मत
  | २९ मंसिर २०७८, बुधबार ११:०२

दिनेश खड्का’खप्तडी’मलेसियानेपाली जनप्रगतिशील मञ्च मलेसियाको आठौँ महाधिवेशन प्रेम पाण्डेलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । मंगलबार भएको महाधिवेशनले प्रेम पाण्डेको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ। जस्मा बरिष्ठ उपाध्यक्षमा रुपधन घर्तिमगर , उपाध्यक्षमा शुवास कार्की, महासचिवमा अर्जुन घर्तिमगर,सचिवमा बिर्ख बहादुर तामाङ र मनोज कुमार तामाङ कोषाध्यक्षमा सुगम बुढा लाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा क्रमशः मोहन कुमार हेम्ब्या, राम बहादुर थापा,नारायण गौतम, मनोज डिसी, कृष्ण गुप्ता,भगीराम बुढाथोकी, बम बहादुर बिक, खुम बहादुर राना,याम बहादुर डाँगी, अनील साँवा तेज कुमार सेम्बु,प्रकाश लुईटेल,राज कुमार स्याङतान, छवीलाल बस्नेत,पुनाराम पौडेल,सुकलाल मोक्तान,बिष्णु घिमीरे, मिन बहादुर सुर्यवंशी,तेज बहादुर कार्की,टिका थापा रहेका छन्। सह-कोषाध्यक्ष पद हालको लागि रिक्त राखिएको छ । उक्त पद मा कार्यसमितिको बैठकले उपयुक्त व्यक्तिलाई मनोनित गर्ने अध्यक्ष प्रेम पाण्डेले बताउनुभयो । ब्यक्तिवाद ,गुटवाद,भ्रष्टवादलाई अन्त्य गर्दै पुजींवादलाई बिस्थापित गरेर समाजबादको यात्रामा अगाडी बढ्न र अब आउने चुनाबमा माओबादी पाटीलाई पहिलो बनाउन प्रवासबाट भए पनि सम्पुर्ण नेता कार्यकर्तालाई आ-आफ्नो क्षेत्रबाट सक्रिय भुमिका निर्वाह गर्न उक्त अधिबेशनले आव्हान समेत गरेको छ ।

उक्त आठौं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका विदेश विभाग सह-इन्चार्ज लक्ष्यमण पन्त,प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा,सचिव टिबी पाठक,पुर्वी एसिया क्षेत्रीय अध्यक्ष हर्क थापा,एनआरएन बेल्जियमका सह कोषाध्यक्ष लोक बहादुर दाहाल, पुर्व एसिया सचिव रमेश तिवारी लगायत मलेसियामा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधित्व हरुको सहभागिता रहेको थियो । भर्चुअल मार्फत सम्पन्न माहाधिवेशन समारोहको अध्यक्षता प्रेम पाण्डेले गर्नु भएको थियो भने सन्चालन अर्जुन घर्तिमगरले गर्नुभएको थियो ।